गृहमन्त्रालयमा बोलाए अहिल्यै जान्छु : रवि लामिछाने


  • गृहमन्त्रालयमा बोलाए अहिल्यै जान्छु : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतान्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीमा बोलाए आफू जान तयार भएको बताएका छन् । आज (सोमबार) सरकारबाट बाहिरिने जानकारी गराउँदै सभापति लामिछानेले गृहमन्त्री बोलाए आफू जान तयार रहेको जानकारी दिएका हुन् । पदको लोभलेभन्दा पनि कामको लोभले गृहमन्त्रलयमा बोलाए फेरि आफू जान तयार रहेको बताए । उनले भने– ‘अहिले यति गाली गर्दा पनि बोलाए भने म गृहमन्त्रालयमा जान्छु । जान्छु पदको लोभले होइन, कामको लोभले जान्छु । के काम गरेछु म देखाइदिन्छु । हामीले १२ वर्ष धाएको मान्छेलाई १२ मिनेटम काम गरेर पठाइदिएका छौँ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *