प्रधानमन्त्रीले चैत दोस्रो साता सम्म विश्वासको मत लिनुपर्ने


  • प्रधानमन्त्रीले चैत दोस्रो साता सम्म विश्वासको मत लिनुपर्ने

    काठमाडौँ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १२ गते भित्र प्रतिनिधिसभाबाट पुन: विश्वासको मत लिनुपर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिनुपर्ने भएको हो ।



  • राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनमा भएको सहमतिविपरीत अर्को ८ दलीय गठबन्धन बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको हो । राप्रपाको शनिबार बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको बैठकले संघ र प्रदेश सकारबाट बालहिरिने निर्णय गरे लगत्तै सरकारमा सहभागी राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन् ।

    प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले पुन विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संबैधानिक व्यवस्था छ । त्यसरी पेश भएको प्रस्ताव तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने संविधानमा उल्लेख छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *