राष्ट्रपति चुनाव : आज अन्तिम नामावली प्रकाशित हुने


  • राष्ट्रपति चुनाव : आज अन्तिम नामावली प्रकाशित हुने

    काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशति गर्ने कार्यतालिका रहेको छ ।

    त्यसअघि उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।



  • राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेले नेता सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *