डीआईजी श्रेष्ठले दक्षिण सुडानमै लगाए दर्ज्यानी चिह्न


  • डीआईजी श्रेष्ठले दक्षिण सुडानमै लगाए दर्ज्यानी चिह्न

    सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाएका छन् । 

    नेपाल सरकार प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको फागुन ४ गतेको निर्णयले एसएसपीबाट डीआईजीमा बढुवा भएका ४ जना सुरेश कुमार श्रेष्ठ, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा मध्ये पहिलो नम्वरमा बढुवा भएका श्रेष्ठलाई भ्रमणको क्रममा दक्षिण सुडान पुगेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डीआईजी श्रेष्ठकै कार्यकक्षमा दर्ज्यानी चिह्न लगाइदिएका हुन ।



  • बढुवा भएका तीन जनालाई केही दिनपछि दर्ज्यानी चिन्ह लगाइयो । तर, पहिलो नम्बरमा बढुवा भएका श्रेष्ठ भने एक साताअघि राष्ट्रसंघीय शान्ति मिसनमा दक्षिण सुडान जानु परेकाले उनले दर्ज्यानी चिन्ह लगाउन पाएका थिएनन् ।

    दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी भएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले डीआईजी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *