निगमले इन्धनको मूल्य यथावत राख्ने


  • निगमले इन्धनको मूल्य यथावत राख्ने

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ । बुधबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले एलपी ग्यासबाहेक इन्धनको मूल्य घटाएर पठाएपनि निगमले हालकै मूल्य यथावत राख्ने जनाएको हो ।

    निगमले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आएपनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको छ ।



  • बुधबारमात्रै निगमलाई आईओसीले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो ।

    तर, खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको छ । अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *