रेष्टुरेन्टको छैटौँ तलाबाट खसेर नेता सरोजकुमार उपाध्यायको निधन


  • रेष्टुरेन्टको  छैटौँ तलाबाट खसेर नेता सरोजकुमार उपाध्यायको निधन

    काठमाडौं ।

    रेष्टुरेन्टको छतबाट खसेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार नेता उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । उनलाई तत्काल उद्दार गरेर मिनभवनस्थित सिभिल अस्पताल लगिएको थियो ।



  • महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार सिभिलबाट उनलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएतापनी उनको उपचारकै क्रममा निधन भएको हो । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।

    काठमाडौंको शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको झ्यालबाट उनी खसेको रेष्टुरेन्ट सञ्चालक रञ्जितकुमार यादवले बताएका छन् । उनका अनुसार उपाध्याय केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आउने र कफी अर्डर गर्ने गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *