लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडोको उपाधी खजुराको मंगोलियनलाई


  • लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडोको उपाधी खजुराको मंगोलियनलाई

    नेपालगंज ।

    दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगितामा बाँके खजुराको मंगोलियन जुडो डोजेले उपाधी जितेको हो । बाँकेको डुडुवा गाउँपालिकामा शनिबार सम्पन्न खेलमा मंगोलियनले ६ स्वर्ण, २ रजत र ५ कास्य जित्दै उपाधी जितेको हो ।

    दाङ जुडो डोजोले ३ स्वर्ण, ४ रजत र ३ कास्य जित्दै दोस्रो स्थानमा रह्यो भने २ स्वर्ण, ४ रजत र ६ कास्यसहित प्रतियोगिता आयोजक कम्दी जुडो डोजो तेस्रो बन्यो । त्यस्तै बर्दिया जुडो डोजोले भने १ स्वर्णमात्र जित्न सफल भयो ।



  • प्रतियोगिता डुडुवा गाउँपालिकाकाको समन्वयमा कम्दी जुडोले शुक्रबारदेखि डुडुवा गाउँपालिकामा संचालन गरेको थियो । प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गरेका थिए ।

    प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलबस्तु गरी ६ वटा जुडो कल्बका १ सय ३० खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा महिला र पुरुषतर्फ ६–६ विद्यामा प्रतिस्पर्धा गराइएको थियो । महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *