ग्लोबल आईएमई बैंकको डिजिटल होली योजना सार्वजनिक


  • ग्लोबल आईएमई बैंकको डिजिटल होली योजना सार्वजनिक

    काठमाण्डौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन र क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजना अन्तरगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।

    यस योजनाअन्तर्गत फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।



  • बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक आफ्ना ग्राहकहरुलाई हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होली पर्व मनाउनका लागि समेत आग्रह गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *