पति शरदविरुद्ध निशा अधिकारीले अंशवण्डाको मुद्दा हालिन्


  • पति शरदविरुद्ध निशा अधिकारीले अंशवण्डाको मुद्दा हालिन्

    अभिनेत्री निशा अधिकारले श्रीमान् शरद भेषावकरविरुद्ध अंशबन्डा मुद्धा हालेकी छन् ।निशाले भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंश चलनको मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको छ ।निशाले नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै पति शरदविरुद्ध मुद्दा मुद्दा दर्ता गरेकी हुन् ।

    अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । सम्बन्धविक्षेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानअनुसार उनले शरदविरुद्ध अंश मुद्धा दायर गरेकी हुन् । विगत डेढ वर्षदेखि उनीहरु अलग-अलग बस्दै आएको बताइन्छ । लामो समयको प्रेम सम्बन्धलाई उनीहरुले २०७४ साल असार १६ गते विवाहमा परिणत गरेका थिए । शरद चर्चित क्रिकेटर हुन् ।

    २०७५ जेठ ५ गते निशाले पहिलो सन्तानको रुपमा अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । अमेरिकामा सन्तानलाई जन्म दिँदा सन्तानले सोझै अमेरिकाको नागरिकता पाउने भएकाले निशाले अमेरिकामा सन्तानलाई जन्म दिएको हुनसक्ने चर्चा चलेको थियो । तर, अहिले उनी छोरासहित नेपालमा छिन् । निशा यही फागुन अन्तिम साताबाट फिल्म ‘जय हो’को छायांकनमा व्यस्त हुँदैछिन् ।



  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *