आज रङको पर्व होली धुमधामसँग मनाइँदै


  • आज रङको पर्व होली धुमधामसँग मनाइँदै

    काठमाडौं ।

    असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने होली पर्व आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा धुमधामसँग खेलिन्छ । होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ ।

    होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । ​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।



  • फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।

    फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ।

    फागु पर्वरहोलीका अवसरमा सोमबार पहाडी क्षेत्र र मंगलबार तराई–मधेशमा सार्वजनिक बिदा दिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *