बिपिडब्लु लघुवित्तको आईपीओमा १५ लाख बढीको आवेदन, ८ हजार ९५ जनाले मात्रै शेयर पाउने


  • बिपिडब्लु लघुवित्तको आईपीओमा १५ लाख बढीको आवेदन, ८ हजार ९५ जनाले मात्रै शेयर पाउने
  • काठमाण्डौं ।बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १५ लाख भन्दा बढीको आवेदन परेको छ । बिपिडब्लुले फागुन १८ गतेदेखि २३ गते मंगलबारसम्म आईपीओ निष्काशन गरेको थियो ।

    सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०१ बजेसम्ममा १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

    यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७.१० गुणा बढी हुन आउछ । 



  • लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

    लघुवित्तको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्तााको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ८ हजार ९५ जनाले मात्रै शेयर पाउनेछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *