च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सी


  • च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सी

    एजेन्सी – इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथिदोस्रो लेगमा २–० को तथा समग्रमा २–१ को जित निकाल्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

    पहिलो लेगमा चेल्सी १–० ले पराजित भएको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमारहिम स्टर्लिङ र काई हाभर्टजले गोल गरे ।

    ४३औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५०औं मिनेटमा काई हाभर्टजले पेनाल्टी चुकाएपनि५३औं मिनेटमा रि पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।



  • बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले जोडदार अपिल गरेपछि रेफ्रीले भिएआरको सहायतालिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो ।

    दुई गोलले पछि परेको डर्टमुन्डले त्यसपछि घरेलु टोलीमाथि बल पोसेसन राखेर दवाव बढाएपनि गोल गर्न नसक्दा अन्तिम १६ बाटैबाहिरिन पुग्यो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *