राप्रपाले राष्ट्रपति उम्मेदवारलाई भोट नहाल्ने


  • राप्रपाले राष्ट्रपति उम्मेदवारलाई भोट नहाल्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार राष्ट्रपति चयनका हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने राप्रपाले निर्णय गरेको हो ।

    बुधबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनैपनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचन प्रक्रियामै सहभागी नहुने निर्णय गरेको छ ।’



  • राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँ वानेश्वरमा मतदान कार्यक्रम रहेको छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *