राष्ट्रपति निर्वाचनको मतगणना सुरु, आजै परिणाम आउने


  • राष्ट्रपति निर्वाचनको मतगणना सुरु, आजै परिणाम आउने

    काठमाण्डौं । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको गणना सुरु गरिएको छ ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना भइरहेको छ । संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो ।

    प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ । उनीहरूको मतदान पनि छुट्टाछुट्टै स्थानमा गरिएको थियो ।



  • आज मतगणना सार्वजनिक गरिनेछ । विजयी उमेदवार आज प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

    राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *