राष्ट्रपति पौडेलको शपथ सोमबार


  • राष्ट्रपति पौडेलको शपथ सोमबार

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन । सोमबार दिउँसो १ बजेका लागि शपथ तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् ।



  • पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। उनी निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *