खोलामा अवैध उत्खनन् हुँदा दाङका किसान चिन्तित


  • खोलामा अवैध उत्खनन् हुँदा दाङका किसान चिन्तित

    दाङ । खोलामा अवैध उत्खनन् कारण कुलोमा पानी जाने अवस्था नरहेकोले दाङ शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् ।

    स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ ।‘खोलाको दुईतिर खेत छ, ठूला–ठूला खाडल पारिएको छ,’ किसान दलबहादुर विष्टले गुनासो गरे । उनले भने, ‘तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानी माथि उत्रिनै कुरै भएन ।’

    गतवर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाएनन् । यस वर्ष पनि रोपाइँ गर्न सक्ने अवस्था छाँटकाँट नरहेको उनको भनाइ छ । खोलामा अहिले पनि ठूला–ठूला खाडल पारेर उत्खनन् गरिएको छ ।



  • त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्यामा छन् । खेतमा पानी नजाँदा उनको खेत पनि बाँझै रहने गरेको छ । त्यस क्षेत्रमा करिब १०० बिघा खेत छ । वर्षामा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ ।

    त्यो खोलामा व्यवस्थित अनुगमन नुहँदा मापदण्डभन्दा बढी उत्खनन् हुने गरेको छ । जसले गर्दा किसान मारमा पर्ने गरेका छन् । खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *