सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढ्यो


  • सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढ्यो

    नेपाली बजारमा आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको जानकारी दिएको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्यसूची तोक्दै १७ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

    नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो ।



  • आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलााम १ हजार २२० रुपैयाँ कायम थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *