राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै


  • राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै

    काठमाडौं । नवनिर्वाचित मुलुकको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले आज(सोमवार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पौडेलले दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथग्रहण गर्ने कार्यक्रम तय भएको हो ।

    उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्नेछन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा भएका थिए ।



  • संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए ।

    नयाँ राष्ट्रपति पौडेल आज(सोमवार) नै निजी निवासबाट शितल निवास सर्ने तयारीमा छन्। पौडेल बोहराटारस्थित निवासमा बस्दै आएका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *