गोली लागेर सल्यानमा एक जनाको मृत्यु


  • गोली लागेर सल्यानमा एक जनाको मृत्यु

    सल्यान : बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएकाे छ ।

    जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा नजिकैकाे जंगलमा साेमबार बेलुका साढे ५ बजेतिर शिकार खेल्न गएका एकजनाले बाेकेकाे बन्दुक पट्किएर अर्का एक जनाकाे मृत्यु भएकाे हाे ।

    शिकार खेल्न गएका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएकाे हाे । दुवै जना सँगै स्वारा नजिकैकाे बाहुननाका जंगलमा शिकार खेल्न गएका थिए ।



  • बन्दुककाे गाेली पेट र घाटिमा लागी घाइते भएका चित्र बहादुरलाइ औषधि उपचारको लागि गाडीमा सुर्खेत तर्फ लिदै गर्दा साेहि नगरपालिकाकाे वडा नं. ७ ओरघाटमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

    घटना पश्चात प्रहरी घटनास्थलमा पुगेकाे र शवलाइ पाेस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लगिएकाे छ । घटना घटाउने आइते रावत फरार रहेकाे र उनकाे खाेजि कार्य भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर सन्तोष खनालले बताए ।

    लेकाली अनलाइनबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *