नायिका वर्षा शिवाकोटीको वैवाहिक जीवन टुट्यो


  • नायिका वर्षा शिवाकोटीको वैवाहिक जीवन टुट्यो

    बैशाख महिनाको ९ गते नायिका वर्षा सिवाकोटीले अमेरिका रहँदै आएका इन्जिनियर आशिष गेलालसँग बिहे गरिन् । आशिष र वर्षाबिच मागी बिहे थियो । परिवारबाट कुरा चलेपछि वर्षाले आशिषसँग बिहे गरेकी हुन् । बिहे गरेको केही दिन पोखरामा हनिमुन मनाएर आशिष अमेरिका हानिए । त्यसको केही दिनपछि वर्षा पनि अमेरिका पुगिन् । 

    तर, अमेरिका गएको २ महिनामै वर्षा नेपाल फर्किइन् । उनी, नेपाल फर्किएसँगै आशिष र उनको सम्बन्धमा दरार आएको खबर सार्वजनिक भएको थियो । तर, यो बिषयमा वर्षाले अहिलेसम्म केही पनि बोलेकी छैनन् । 

    तर, वर्षाका पूर्व श्रीमान् आशिषले बिहे गरेको तस्वीर बाहिरिएसँगै डिभोर्स भएको पुष्टी भएको हो । 



  • श्रोतका अनुसार, वर्षा र आशिषबिच केही महिना अगाडि नै डिभोर्स भएको थियो । यो बिषयमा आशिष र वर्षाले केही पनि बोलेका छैनन् । आशिषले भने समीक्षा नाम गरेकी एक यूवतीसँग बिहे गरेका छन् । 

    वैशाखमा बिहे गरेकी वर्षाको १० महिनामै बैबाहिक सम्बन्ध टुंगिएको छ । वर्षा चाडै नै ‘कामिनो’ नामक फिल्ममा काम गर्ने तयारीमा छिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *