स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा विद्यार्थीले गरे तोडफोड


  • स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

    काठमाडौं । विद्यार्थीको एक समूहले घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड गरेको छ । स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

    तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ । त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन । त्यसपछि पनि मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु आक्रोशित बनेका छन् ।



  • बाहिर ल्याएर राखिएको कुर्सीमा चुनाव गराउन नसक्ने क्याम्पस प्रशासन राजीनामा दे, निर्वाचन अधिकृत खोइ, क्याम्पस प्रमुख हराएको सूचनालगायतका पोस्टर टाँस गरेर विरोध जनाइएको छ । भर्नालगायतको विवादका कारण त्रिचन्द्रमा स्ववियु निर्वाचन अधि बढाउन विवाद हुँदै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *