दूधको मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म बढ्यो


  • दूधको मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म बढ्यो

    काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आज (बिहीबार) देखि नै लागू हुनेगरी प्रति लिटर १६ रुपैयाँसम्म दुधको मूल्य बढाएको छ । डीडीसीले आज (बिहीबार) देखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ ।

    डीडीसीका महाप्रवन्धक सन्जिव झाका अनुसार सरकारी निर्णयअनुसार बढेको दूधको मूल्य किसानलाई दिइसकेकाले त्यो मूल्य उपभोक्तालाई पर्ने गरी मूल्य बृद्धि गरिएको हो । उनले भने, ‘बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन्, त्यहीं मूल्य बिहीबारदेखि संस्थानले उपभोक्ताबाट लिने हो ।’

    मूल्य बृद्धिसँगै अब स्टान्डर्ड दूध (निलो प्याकेटको) प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ ।



  • त्यस्तै गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । अब गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँ पर्नेछ । संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ ।

    बिहीबारदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेको छ । अब चिया दूधको मूल्य ९० रुपैयाँ हुने भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *