क्रिकेट खेलाडीलाई जनही ४ लाख दिइने


  • क्रिकेट खेलाडीलाई जनही ४ लाख दिइने

    विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ४ लाख रुपैयाँ दिने घोषणा गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका प्रति खेलाडीलाई ३ लाख र वागमती प्रदेश सरकारले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।


    शुक्रबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षकसहित क्यानका पदाधिकारीलाई बधाई दिएका छन् । उनले ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु’, लेखेका छन् ।




  • त्यस्तै लुम्बिनी प्रदेशका आर्थिक माामिला तथा योजनामन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहनस्वरुप खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *