सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७ हजार


  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७ हजार

    काठमाण्डौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रततोलामा चार सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।

    यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



  • यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले बढेर १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *