शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्नेछु : उपराष्ट्रपति यादव


  • शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्नेछु : उपराष्ट्रपति यादव

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्ने बताएका छन् ।

    शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शान्ति प्रक्रिया निष्कर्षमा पुग्न बाँकी रहेको र त्यसलाई निष्कर्षमा पुर्याउन आफ्नो तर्फबाट इमान्दारीपूर्वक प्रायस गर्ने बताए ।



  • उनले भने, ‘शान्ति प्रक्रिया अहिले निष्कर्षमा पुग्न बाँकी छ । त्यो निष्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट हुने प्रयास इमान्दारीपूर्वक गर्ने छु ।

    उनले अफूलाई मत दिने संघीय र प्रदेश सांसद्लाई धन्यवाद दिँदै राष्ट्रिय एकताको लागि पहिल गर्ने बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *