बङ्गलादेश बस दुर्घटना:१७ जनाको मृत्यु, २५ बढी घाइते


  • बङ्गलादेश बस दुर्घटना:१७ जनाको मृत्यु, २५ बढी घाइते

    ढाका । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २५ जनाभन्दा बढी घाइते भएका छन् ।

    हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ ।



  • थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *