विराट गोल्ड कपको पुरस्कार राशिमा ५ लाख वृद्धि, विजेताले २० लाख पाउने


  • विराट गोल्ड कपको पुरस्कार राशिमा ५ लाख वृद्धि, विजेताले २० लाख पाउने

    विराटनगर । चैत्र ९ गतेबाट सुरु हुने विराट गोल्ड कपको विजेताले यसपटक २० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।आयोजक विराट गोल्ड कप ट्रष्टले गत वर्षभन्दा पुरस्कार राशिमा ५ लाख वृद्धि गरेको हो ।

    यसपटकको विजेताले २० लाख १५ हजार रुपैयाँ, उपविजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलन गरी घोषणा गरेको छ ।यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गर्ने र हरेक दिनको प्लेयर अफ दि म्याचलाई ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 



  • विराटनगरको शहीद रंगशालामा ९ चैतदेखि १६ चैतसम्म रात्रीकालिन समयमा हुने गोल्डकपको तयारी पनि पूरा भएको आयोजकले जनाएको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्ड कपको नाममा हुँदै आएको छ । यो छैटौं संस्करण हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *