अयोग्य लडाकुलाई सरकारले जनही २ लाख राहत उपलब्ध गराउने


  • अयोग्य लडाकुलाई सरकारले जनही २ लाख राहत उपलब्ध गराउने

    काठमाडौं । नेपाल सरकारले सेना समायोजनका क्रममा अयोग्य ठहरिएका पूर्वजनमुक्ति सेनाहरूलाई राहत उपलब्ध गराउने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले 'अयोग्य' लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो।



  • 'यसअघि २०७३ सालमा बहिर्गमित लडाकुलाई दिने भनिएको रकम सर्वोच्च अदालतका कारण रोकिएको थियो।त्यही रकम अहिले दिन लागिएको हो,' स्रोतले भन्यो, 'कार्यविधि बनाएर प्रत्येकलाई दुई लाख दिने निर्णय भएको छ।'

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *