बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु


  • बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु

    नेपालगन्ज : बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

    डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको हो ।



  • अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थलमा पुगेको पनि बिडारीले जानकारी दिए । मधुवनमा ३ वर्षयता बाघ आक्रमणको घटनामा परी मानवीय क्षति भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *