रवि लामिछाने फेरि जितेर आउनेछन्: डीपी अर्याल


  • रवि लामिछाने फेरि जितेर आउनेछन्: डीपी अर्याल

    रास्ट्रिय स्वतन्त्र पार्टीका नेता डीपी अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछाने चितवनबाट पुनः निर्वाचित भएर आउने टिप्पणी गरेका छन् ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा भएको छलफलमा अर्यालले अब हाम्रो पार्टी सभापति रवि लामिछानेबारे केही कुरा भन्छु भन्दै उक्त कुरा बताएका हुन् ।

    हाल विदेशमा रहेका ४० लाख नेपाली जस्तै अवसरको खोजीमा बाहिर गएको र त्यहाँ राम्रो व्यवस्था हुँदाहुँदै मुलुकमै केही गर्नुपर्छ भनेर फर्केको एक नेपाली लामिछाने रहेको अर्यालले बताए । उनले पत्रकारीता पनि भूइँ मान्छेलाई जोड्न गरेको अर्यालको भनाइ छ ।



  • 'यो युवा पुस्ताको मुलुकबाहिर रहेर पसिना बगाएका नेपालीहरूको मुलुकभित्रै सम्भावना खोज्ने प्रयासलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो,' अर्यालले भने, 'विश्वास छ सार्वभौम जनताको सर्वाधिक मतान्तरबाट विजयी पार्टी सभापतिलाई पुनः अघिल्लो पटकभन्दा अत्याधिक मतान्तरले विजयी गराएर फेरि पठाउने नै छ, यसमा हामी पूर्ण विश्वस्त छौँ ।'

    उनले जति सक्दो चाँडो मुलुक छोड्न चाहनेहरूको लाइन लाग्ने कसले बनायो भन्दै उनले प्रश्न गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *