बिओपीलाई गुल्म बनाउने तयारी,खुशीयालीमा सशस्त्रका डिएसपी


  • बिओपीलाई गुल्म बनाउने तयारी,खुशीयालीमा सशस्त्रका डिएसपी

    काठमाडौं । सशस्त्र प्रहरीमा लामो समयसम्म बढुवा नभइ नैराश्यता छाइरहेको अवस्थामा पछिल्लो निर्णयले संगठनमा केही उत्साह छाएको छ ।

    सशस्त्र प्रहरीले हालै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी केही नीतिगत सुधार गर्दै सीमामा रहेका बिओपीलाई स्तरोन्नी गरी सीमा सुरक्षा गुल्म बनाएर त्यहाँ डिएसपीलाई खटाउन थालिएको छ ।

    ४८ वटा बिओपीलाई गुल्म बनाउने तयारी भैरहेको र महत्वपूर्ण नाकामा डिएसपीको कमाण्डमा गुल्म खडा गर्न लागिएको छ । यससँगै सशस्त्रका डिएसपीहरुले इन्चार्जको अवसर धेरै पाउने भएका छन् । यसले सशस्त्रका डिएसपीहरुमा खुशीयाली छाएको छ ।



  • साथै सीमा सुरक्षा गुल्म, बिअ‍ोपी र बेसमा बदलीको समय पनि ६ महिना बनाइएको छ । यसअघि एक वर्ष थियो । ६ महिना बनाउँदा धेरैले इन्चार्जको अवसर पाउने भएका छन् । यसअघि पहुँचवालाहरु दुई वर्षसम्म एउटै कार्यालयमा बस्ने गरेका थिए ।

    अर्कातर्फ पूर्वानुमान सूची नै बनाएर कमाण्डमा पठाउन थालेपछि सशस्त्रका अधिकारीलाई सरुवाका लागि नेताका धाउनुपर्ने बाध्यता हटेको छ । सशस्त्र प्रहरीले यससम्बन्धि प्रष्ट मापदण्ड र कार्यविधि बनाएर सबैलाई समान र न्यायोचित अवसर दिने प्रणाली बनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *