सयभन्दा बढी आईएस लडाकुको मृत्यु


  • सयभन्दा बढी आईएस लडाकुको मृत्यु

    काबुल : अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ ।

    निजी सञ्चार माध्यमका अनुसार सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी सैन्य कारवाही गरेका छन् ।



  • सन् २०२१ अगष्टमा तालिबानले देश कब्जा गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको भए पनि युद्धग्रस्त देशले धेरैजसो आत्मघाती बम आक्रमण र आतङ्कवादी हमलाहरूको भने सामना गरिराखेको छ । पछिल्ला आतङ्कवादी हमलाको जिम्मेवारी भने आइएसले लिएको छ । उत्तरी बाल्ख प्रान्तमा भएको उक्त हमलामा प्रान्तीय गभर्नरको मृत्यु भएको थियो भने पाँच जना पत्रकारसहित थुप्रै घाइते भएका थिए ।

    तर विदेश मन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तानको कुनै पनि भागमा आइएसको अस्तित्व नभएको दाबी गर्दै आईएस समूहलाई खतराको रूपमा अस्वीकार गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *