कांग्रेसका नेता गान्धीलाई दुई वर्षको जेल सजाय


  • कांग्रेसका नेता गान्धीलाई दुई वर्षको जेल सजाय

    काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । बिहीबार गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको सजाय सुनाएको हो । यद्यपी उनी ३० दिनका लागि धरौटीमा रिहा भएका छन् । 

    अदालतले दुई सालको सजाय गर्ने निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ । अर्थात फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् ।



  • सन् २०१९ मा गान्धीले कर्नाटकमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ?’ भन्ने अभिव्यक्ति दिएका थिए । 

    उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए । चार वर्षअघि दायर मुद्दामा अदालतले राहुललाई आज दोषी ठहर गरेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *