एआईजी श्यामलाल ज्ञवालीको उमेर विवादबारे गृहले थाल्यो छानविन


  • एआईजी श्यामलाल ज्ञवालीको उमेर विवादबारे गृहले थाल्यो छानविन

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो । अख्तियारले छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न समेत भनेको छ ।

    उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपसहित ज्ञवालीविरुद्ध फागुन १४ गते अख्तियारमा उजुरी परेको थियो । ज्ञवालीले जन्ममिति फरक पारेर सरकारी निकायलाई झुक्याएको आरोप छ ।



  • ज्ञवालीले बुधबार मात्रै एआईजीको दर्ज्यानी चिन्ह लगाएका हुन् । उनी प्रहरी प्रमुखका लागि लविङमा जुटेका छन् । सरकारले शुक्रबार आइजीपी नियुक्त गर्दै छ ।

    सरकारले प्रहरी प्रमुख छान्ने बेलैमा ज्ञवालीको उमेर विवादमा छानविन सुरु भएको हो । उमेर तलमाथि गरेर जागिर खाएको पुष्टि भएमा ज्ञवालीको जागिर धरापमा पर्ने देखिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *