१७ जनामा कोरोना सङ्क्रमण देखियो


  • १७ जनामा कोरोना सङ्क्रमण देखियो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुन बढेको छ । शून्यमा झरेको सङ्क्रमण बिहिवार एकै दिन १७ जनामा देखिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।

    चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।



  • सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । बिहिवार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *