गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी


  • गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी

    काठमाण्डौं । नेकपा माओवादी केन्द्रले आज(शुक्रवार) गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारबाट बाहिरिन नेताहरुलाई यसअघि नै निर्देशन दिइसकेका छन् । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।



  • वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नेछन् । संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *