मन्त्रालय भागबण्डा मिलाउन गठबन्धनको बैठक आज बस्दै


  • मन्त्रालय भागबण्डा मिलाउन गठबन्धनको बैठक आज बस्दै

    काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज(बुधवार) बस्दैछ । मन्त्रालय भागबण्डा मिलाउन हिजो(मंगलवार) साँझ बसेको बैठक बिना निष्कर्ष सकिएपछि आज पुनः बस्ने भएको हो । बैठक आज बिहान ९ बजेको छ ।

    मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो ।



  • त्यस्तै आज (बुधवार)को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको परिमार्जित सरकारको साझा कार्यक्रमका मस्यौदाबारे छलफल हुने छ ।

    मंगलबारको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । सो कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटबारे आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *