एक्सपर्टले शुक्रबार नेपालगन्जमा ‘एक्सपर्ट एडमिसन डे २०२३’ विशेष कार्यक्रम गर्दै


  • एक्सपर्टले शुक्रबार नेपालगन्जमा 'एक्सपर्ट एडमिसन डे २०२३' विशेष कार्यक्रम गर्दै

    नेपालगन्ज : त्यसो त पछिल्लो समय कोरोनाको कहर कम हुँदै गएपछि वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ। मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके जस्ता देशहरु विद्यार्थीहरुको रोजाइमा पर्ने गरेका छन्।

    यही कुरालाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले 'एक्सपर्ट एड्मिसन डे २०२३' विशेष कार्यक्रम आयोजना गर्नेभएको छ। शुक्रबार एक्पर्टको नेपालगन्ज स्थित कार्यालयमा उक्त कार्यक्रम हुनेछ।

    मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके गरि ४ देशमा अध्यन गर्न जाने इच्छा एवम् सोच बनाएका विद्यार्थीलाई निशुल्क काउसिलिङ गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ।



  • कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूकेका प्रतिष्ठित कलेजका प्रतिनिधिद्वारा विद्यार्थीलाई काउन्सिलिङ गराइनेछ । उक्त 'एड्मिसन डे'मा करिब २ सय ५० बढी विद्यार्थीहरु सहभागी हुन सक्ने अनुमान गरिएको छ।

    उक्त कार्यक्रमबाट विद्यार्थीहरुलाई धेरै सहायता मिल्ने समेत अनुमान गरिएको छ। काउन्सिल निशुल्क हुनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *