उपनिर्वाचनका लागि तीन जिल्लामा आज उम्मेदवारी दर्ता हुँदै


  • उपनिर्वाचनका लागि तीन जिल्लामा आज उम्मेदवारी दर्ता हुँदै
  • काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

    प्रतिनिधिसभाको रिक्त तीन वटै क्षेत्रमा हुने उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले आज मनोनय दर्ता गराउने भएका हुन् । प्रतिनिधिसभा अन्तर्गत तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन हुँदैछ ।



  • गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ रिक्त छ ।

    त्यसका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *