लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान


  • लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान

    काठमाडौं । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यवासिनी म्युजिक प्रालिले यस वर्षको ‘बिन्ध्यबासीनी कला पत्रकारिता सम्मान २०७९’ द्धारा सम्मान गर्ने भएको छ ।

    विभिन्न सञ्चार गृहसँग झण्डै तीन दशक लामो समयदेखी आबद्ध रहेर नेपाली गीत संगीत र स्रष्टा प्रवर्द्धन एवं विकासमा अतुलनिय योगदान पुर्याएको भन्दै सञ्चारकर्मी भट्टराईलाई सम्मान प्रदान गर्ने निर्णय गरेको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् ।



  • नेपाली गीत संगीत क्षेत्रको विकासका लागि विगत २५ वर्षदेखि क्रियाशील विन्ध्यवासिनी म्युजिक प्रालिले निरन्तर १३ वर्षदेखि वार्षिक रूपमा अवार्ड प्रदान गर्दै आइरहेको छ । निजी क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली संगीतको इतिहासमै पहिलो भएको अध्यक्ष रेग्मीले बताइन् ।

    २५ हजार राशिको विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कारबाट हालसम्म विदुर गिरी, कृष्ण भट्टराई, सुमन खरेल, डब्बु क्षेत्री, नवराज लम्साल, रमण घिमिरे, राजेश खनाल, अनन्त वाग्ले, श्याम स्मृत लगाएत सम्मानित भइसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *