चितवन–२ मा रविले गराए उम्मेदवारी दर्ता


  • चितवन–२ मा रविले गराए उम्मेदवारी दर्ता

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २ मा उपनिर्वाचन हुन लागेको हो ।



  • लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *