ग्यास बोकेको ट्यांकर दुर्घटना: एकको मृत्यु,एक जना गम्भीर घाइते


  • ग्यास बोकेको ट्यांकर दुर्घटना: एकको मृत्यु,एक जना गम्भीर घाइते

    काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो ।

    चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।



  • दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *