फिफा वरियतामा नेपाल एक स्थान माथी उक्लियो


  • फिफा वरियतामा नेपाल एक स्थान माथी उक्लियो

    काठमाडौं : नेपालको पुरुष फुटबल टोली फिफा वरीयतामा एक स्थान माथि उक्लिएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५औं स्थानमा थियो ।

    । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ७४ औं स्थानमा रहेको छ । यसअघिको वरियतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको थियो ।

    यसबीचमा फिफा डेटमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल लाओसलाई २–१ ले हराउँदै च्याम्पियन बनेको थियो । यद्दपी दशरथ रंगशालामा चैत १७ गते भएको त्यो फाइनल भने फिफा डेटमा थिएन । त्यसबाहेक प्रतियोगिताका अन्य खेल भने फिफा डेटमा थिए । जसमा नेपालले चैत ८ गते भएको पहिलो खेलमा लाओसलाई २–० ले हराएको थियो भने चैत १४ गतेको अर्को खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो ।



  • फिफा वरियता अनुसार नेपाल दक्षिण एसियाली राष्ट्र मध्ये भने तेस्रो स्थानमा स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको भारत फिफा वरियताको १ सय १ स्थानमा छ । दक्षिण एसियाको दोस्रो स्थानका रहेको माल्दिभ्स फिफा वरियतामा १ सय ५४ औं स्थानमा, भुटान १ सय ८५ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९५ औं र श्रीलंका २ सय सातौं स्थानमा छ ।

    विश्व कप विजेता अर्जेन्टिना दोस्रो स्थानबाट शीर्षस्थानमा उक्लेको छ । विश्व कपको उपविजेता फ्रान्स फिफा वरियताको दोस्रो, ब्राजिल तेस्रो, बेल्जियम चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । त्यस्तै नेदरल्यान्ड्स छैटौं, क्रोएसिया सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दसौं स्थानमा छ ।हाम्रो खेलकुद

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *