ललन सिंह भण्डारी ‘सुमित’ का दुई गजल


  • ललन सिंह भण्डारी ‘सुमित’ का दुई गजल

    गजल-१
    टेन्सन थियो र आज पिएर आए
    खल्तिको पैसा भट्टिमा दिएर आए

    पिइरहे पिइरहे पिउदा पिउदैं थाके जव
    फेरी पनी हातमा बोत्तल लिएर आए

    हान्न त हानेउ तिमीले नजरको तिरले
    लाग्यो तिर मुटुमा फेरी जिएर आए

    तिमिले मलाई छोडेदेखी बोत्तल नै भयो मेरो साथी,
    च्यात्तिएको मुटुपनी आज फेरी सिएर आए ।

    गजल- २



  • पिऊंदिन भन्थे तानी तानी पिलायौं तिमीले,
    हजारौंको भिडमा छानी छानी पिलायौं तिमीले

    त्यसैले त आज पिऊने मेरो बानी भयो
    हो साच्चै भन्छु जानी जानी पिलायौं तिमीले

    हेर्थ्यौ मलाई नसालु ति कर्के नयनहरुले
    नजरको तिर हानी हानी पिलायौं तिमीले

    जांदु थियो बोलीमा मदमस्त थियो जवानी
    हाँसी हाँसी पिऊथे म लाज मानी मानी पिलायौं तिमीले

    खेल्लु थियो मसंग तिमीले मायाका खेलहरु
    त्यसैले जवानी साटी साटी पिलायौं तिमीले ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *