घरेलु टिमलाइ हराउँदै दमक सेमिफाइनलमा


  • घरेलु टिमलाइ हराउँदै दमक सेमिफाइनलमा
  • इलाम । घरेलु टिम देउराली स्पोर्टिङ क्लबलाई हराउँदै दमक फुटबल एकेडेमी तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

    प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै दमकले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो । 

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१औं मिनेटमा दमकले पेनाल्टीमार्फत सुरुवाती अग्रता बनाउन सफल रहयो । दमक लागि रोशन तामाङले गोल गरे । ७६औं मिनेटमा बिनोद धमलाले बराबरी गोल फर्काए । 



  • खेलको म्यान अफ दि म्याच दमकका समिर लिम्बु घोषित हुँदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र विर्तामोड युनाइटेड झापा बिच प्रतिस्पर्धा हुनेछ । 

    बैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ । 

    व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४ हजार पाउनेछन् । प्रतियोगिताको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *