सरकार र मिटरब्याजपीडित बीच वार्ता जारी


  • सरकार र मिटरब्याजपीडित बीच वार्ता जारी

    काठमाडौं । सिंहदरवारस्थित मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।

    विभिन्न जिल्लका मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।

    त्यसलगत्तै चैत २० गतेदेखि अर्को मिटरब्याजपीडितको समूह काठमाडौंमा आन्दोलनरत छन् । उक्त मिटरब्याजपीडितहरुले यसअघिको सम्झौता अस्वीकार गर्दै आएको थियो । उनीहरुले उक्त सम्झौतामा थप ५ बुँदे माग राखेका छन् ।



  • मिटरब्याजपीडितसँग वार्ता गर्न सरकारले शुक्रबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको छ । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य रहेका छन् ।

    आइतबार पिडीतहरुले १९ सदस्यीय वार्ता टोली गठन गरी साझ छलफलमा बसे पनि वार्ता विनानिष्कर्ष सकिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *