लघुबित्त पीडितहरुद्वारा विभिन्न पाँच वटा माग राखेर प्रशासन गेटमा धर्ना


  • लघुबित्त पीडितहरुद्वारा  विभिन्न पाँच वटा माग राखेर  प्रशासन गेटमा धर्ना

    रुकुम पश्चिम । रुकुम पश्चिममा लघुबित्तिय संस्थाहरुद्वारा पीडित भएको भन्दै दिनहुँ जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम हुँदै आएको छ ।न्याय सहित विभिन्न पाँच वटा माग राखेर संघर्ष समितिले चैत २१ गते देखि निरन्तर प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिदैं आएको छ ।

    संघर्ष समितिले नवसामन्तीको रुपमा स्थापित लघुत्तिय संस्थाहरु खारेज गरिनुपर्ने, लघुबित्तिय सस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाह गरिनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गरिनुपने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गरिनुपर्ने र समाजवादमूलक अर्थतन्त्रको निर्माण गरिनुपर्ने मागहरु राखेर धर्ना गर्दै आएको संघर्ष समितिका जिल्ला अध्यक्ष कर्मी केसीले बताए । केसीले शान्तिपूर्ण धर्ना कार्यक्रमको कुनै पनि तहबाट सुनुवाई नभएको समेत बताउनुभयो ।



  • जिल्ला संघर्ष समितिका अनुसार जिल्ला सदरमुकाम आसपासमा मात्र दुई सय सर्वसाधारणहरु लघुबित्तिय संस्थाबाट पीडित भएको तथ्याङक रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *