‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार सार्नुहोस: मेयर बालेन साह


  • ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार  सार्नुहोस: मेयर बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय सरकारविरुद्ध पुनः आक्रोशित भएका छन् ।

    सरकारले महानगरसँग समन्वय नगरेको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत संघीय सरकारविरुद्ध आक्रोश पोखेका हुन् । उनले काठमाडौंवासीको हितमा काम नगर्ने सिंहदरबार अरु पालिकामा सार्न समेत चुनौती दिएका छन् ।

    ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’ उनले चुनौती दिँदै भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।’



  • मेयर बालेनले काठमाडौंवासीलाई कला, संस्कृति, सम्पदा र सभ्यता चाहिएको तर राजनीति नचाहिएको समेत भनेका छन् ।

    बालेनले यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *