शेखर समूहले ३ मन्त्री र १ राज्यमन्त्री पाउने


  • शेखर समूहले ३ मन्त्री र १ राज्यमन्त्री पाउने

    काठमाडौं । नेपाली कांग्रेसेका नेता डा. शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

    बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।

    वर्तमान सरकारमा नेपाली कांग्रेसले आठ मन्त्रालय पाएको छ । गत चैत १७ मा प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद बिस्तार गर्दा कांग्रेसले ४ जनालाई मात्रै मन्त्री बनाएको थियो ।



  • पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रकाशशरण महत, रमेश रिजाल, र सीता गुरूङ मन्त्री बनिसकेका छन् ।
    तर, सरकारमा सहभागी हुने विषयमा संस्थापन इतर समूहले समानजनक सहभागीता खोजेपछि कांग्रेसले ४ मन्त्रीको नाम पठाउन सकेको छैन ।

    कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
    स्रोतका अनुसार शेखर–गगन समूहबाट ३ मन्त्री र एक राज्यमन्त्रीका लागि धनराज गुरूङ, बद्री पाण्डे, जीवन परियार, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य, राजेन्द्र बजगाई, मैना रावललगायत आकांक्षी छन् ।

    गत ११ पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *