पाँचौं दिनसम्म पनि उठेन सिंहदरबारको फोहोर


  • पाँचौं दिनसम्म पनि  उठेन सिंहदरबारको फोहोर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँचौं दिनसम्म पनि सिंहदरबारको फाहोर उठाएको छैन । परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेका अनुसार महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फाहोर नउठाईएको हो ।

    सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन । महानगरले नभनेसम्म आफूहरुले फाहोर उठाउन नसक्ने घिमिरेको भनाई छ । घिमिरेका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन् ।



  • बालेनले शनिबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने बताए ।

    बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो । बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *